नेपाल समक्ष प्रधानमन्त्री ओलीले राख्य यस्तो प्रस्ताव , के होला एकता ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २४ २०७८
10.7K
SHARES

२४ असार काठमाडौ । बुधबार नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उनीहरूको भेटअघि पार्टीभित्रको विवाद समाधानका लागि बनाइएको कार्यदल ब्युँताएर दोस्रो तहका नेताबीच लगातार तीन दिन छलफल भएको थियो। समस्याबारे कार्यदलमा विस्तृत छलफलप भएपछि ओली र नेपालबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा भेटवार्ता भएको हो।

भेटवार्तामा दुबै नेताले आ-आफ्नो अडान नछोडेकाले कुनै ठोस सहमति हुन नसकेको स्रोतले सेतोपाटीलाई जानकारी दियो।

भेटमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाललाई विपक्षी गठबन्धन छोडेर आफूलाई निःशर्त सहयोग गर्न भनेका थिए। उनले  पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने विषयमा कुनै प्रस्ताव नराखेपछि नेता नेपाल सहमत नभएको स्रोतले बतायो।

‘तपाईंहरू विपक्षी गठबन्धनमा लाग्नुभयो। त्यसलाई छोड्नुपर्छ। विपक्षी गठबन्धनले मलाई अप्ठेरोमा पारिरहेको छ। त्यसलाई छोडेर मलाई सहयोग गर्नुहोस्। म अप्ठेरोमा छु’, ओलीले नेपाललाई भनेका थिए।

भेटमा ओलीले जेठ २ को वरिपरि कसरी जाने भन्ने विषयमा कुरै नगरेको स्रोतले दाबी गर्‍यो।

जवाफमा नेपालले पार्टीलाई मिलाएर अगाडि बढाउनुका साथै राष्ट्रिय समस्याको सबै मिलेर समाधान खोज्नुपर्ने बताएका थिए।

‘पार्टी मिलाएर अगाडि बढ्नुपर्छ। अहिलेका जति पनि राष्ट्रिय समस्या छन्, ती सबैको मिलेर समाधान गर्नुपर्छ। अरूलाई दोष दिएरमात्र हुन्न। त्यसका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

ओलीले भने नेपालसँग विपक्षीलाई सहयोग गर्न दिएको हस्ताक्षर फिर्ता लिनमात्र आग्रह गरेको स्रोतको दाबी छ।उहाँले निःशर्त सहयोग गनुपर्छ जस्तो कुरा गर्नुभयो। हामीले उठाउँदै आएका मुद्दामा सहमतिको कुरै गर्नुभएन। त्यसो भएपछि माधव नेपालले पनि मान्नुभएन’, नेपालनिकट स्रोतले  भन्यो।