कार्यदलमा कुनै प्रगति भएको छैन – नेता भुसाल
२४ असार काठमाडौं । नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले १० दिनदेखि कुनै प्रगति हुन नसकेको बताएका छन् । बिहीबार साँझको कार्यदल बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले निरन्तर छलफल भएपनि ठोस उपलब्धि हुन नसकेको बताए ।
“हामीले १० दिनअघिबाट खास प्रगति गरेका छैनौँ । अनौपचारिक छलफल गरेपछि केही एजेन्डा तयार गरेका थियौँ । तर, विभिन्न कारणले ठोस, खास प्रगति हुन सकेको छैन,” उनले भने ।
नेताहरूबीचका छलफलहरू सकारात्मक भइरहेका बताइएका बेला नेता भुसालले भने प्रगति हुन नसकेको बताएका हुन् ।
बुधबार साँझ मात्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच भेटवार्ता भएकाे थियाे । नेता सुवास नेम्वाङले भने आफू आशावादी रहेको बताए ।