हस्ताक्षर फिर्ता गर्ने सर्तमा सहमति हुदैन – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २५ २०७८
15.2K
SHARES

२५ असार काठमाडौ । आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा पुगेको हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने बताएका छन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई कसैले पनि प्रभावित पार्न नहुने नेता नेपालको भनाइ छ ।

एमाले विवाद मिलाउन गठित १० सदस्यीय कार्यदलले सहमतिको मस्यौदामा छलफल गरिरहेका बेला बरिष्ठ नेता नेपालले  भने, ‘हस्ताक्षर फिर्ता गर्ने सर्तमा सहमति हुन सक्दैन । कुनै पनि हालतमा हस्ताक्षर फिर्ता हुँदैन ।’ कुराकानी गर्दै नेता नेपालले अदालतलाई प्रभावित पार्न नहुनेमा समेत जोड दिएका छन् ।

‘असंवैधानिक कदमविरुद्ध मुद्दा अदालतमा पुगेको छ । अदालतलाई कसैले पनि प्रभावित पार्ने काम गर्नुहुँदैन । मैले यी दुईवटा कुरा स्पष्टरुपमा भन्दै आएको छु, हस्ताक्षर फिर्ता हुँदैन, अदालतलाई प्रभावित पार्न पाइँदैन ।’