हुतिहाराहरु ओलि “बा”को पाउ सुम्सुम्याएर बस – नेता मल्ल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २५ २०७८
8.3K
SHARES

२५ असार काठमाडौ । आज माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेका एमालेका पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा पुगेर आफूहरुको माग बमोजिम दर्ता खारेजीमा खुट्टा नकमाउन आयुक्तहरुलाई आग्रह गरेका छन् ।

यस विषयलाई लिएर माओवादी केन्द्रका यूवा नेता रमेश मल्लले आफ्नो समाजिक संजालमा यस्तो लेखेका छन – हुतिहाराहरु, ओलि “बा”को पाउ सुम्सुम्याएर बस ! निर्वाचन आयोग गुहारेर केहि झर्नेवाला छैन, चेतना भया!!

निवेदनमा भइरहेको प्रगति बुझ्न टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलगायत नेताहरू ११ बजे निर्वाचन आयोग पुगेका थिए ।