मिलेको वा नमिलेको मलाई थाहा छैन , हस्ताक्षर फिर्ता गरिँदैन – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २६ २०७८
17.1K
SHARES

२६ असार काठमाडौ ।आज नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्ने र सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिने दुवै काम आफूबाट नहुने बताएका छन्।एकता जोगाउने भन्दै अध्यक्ष केपी शर्मा ओली र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्ने र सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिने दुवै काम आफूबाट नहुने बताएका छन्।

एमालेको एकता जोगाउने भन्दै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षका नेता सम्मिलित एकता कार्यदलले ‘अन्तिम सहमति’ जुटिसकेको दाबी गरेका बेला नेपालको यस्तो टिप्पणी आएको हो।
‘

के कुरा मिलेको छ या मिलेको छैन, त्यो मलाई थाहा छैन, त्यो उहाँहरुलाई नै थाहा होला। हाम्रो बटमलाइन दुई कुरामा छ’, नेपालले हामीसँग भने, ‘अदालतलाई प्रभाव पार्ने कुरा सम्भव छैन, अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्ने कुरै छैन।’

उनले यसबारे कसैलाई भ्रममा नपर्नसमेत आग्रह गरे। ‘यो कुरा क्लियर छ, कोही भ्रममा नपरौं’, नेपालले भने।
शनिबार साँझ बसेको एमालेको एकता कार्यदलको बैठकपछि कार्यदलका सदस्यहरुले एकतामा अबरोध बनेका लगभग सबै विषय मिलिसकेको र मस्यौदामा केही कुरा मिलाउन मात्र बाँकी रहेकाले त्यसलाई आइतबार अन्तिम रुप दिने बताएका थिए।

कार्यदलमा नेपाल पक्षबाट सदस्य रहेका गोकर्ण विष्टले आइतबार पार्टी पंक्तिले एकताको शुभ सन्देश सुन्न पाउने बताए। त्यस्तै कार्यदलमा ओली पक्षबाट संयोजक रहेका सुवास नेम्वाङले पनि आइतबार एकताको समाचार सुन्न पाइने बताएका थिए।