सहमति बारे नेता रावलले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २६ २०७८
10.3K
SHARES

२६ असार काठमाडौं ।आज  नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आफूहरु सहमतिको अन्तिम विन्दुमा पुगेको बताएका छन् । शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।

“विभिन्न विषयमा छलफल गरेका छौँ । सहमतिको अन्तिम अन्तिम विन्दुमा पुगेका छौँ,” संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने ।

नेता रावल एमाले विवाद समाधान गर्न गठित कार्यदलमा नेता माधवकुमार नेपाल पक्षबाट संयोजकसमेत हुन् । यसअघि, नेताहरुले शनिबारै दुई पक्षबीच सहमति हुने बताएका थिए ।