आज एमाले एकता घोषणा हुदै , यी हुन मिलाउने ५ आधार


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २७ २०७८
5.6K
SHARES

काठमाडौं । विवाद समाधान नजिक पुगेको भनिएको नेकपा (एमाले) कार्यदलको बैठक आज पनि बस्दै छ । सिंहदरबारस्थित र्अथ मन्त्रालयमा बिहान बैठक बस्ने कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

कार्यदल सदस्यहरुले आजको बैठकले सहमतिलाई अन्तिम दिने र सार्वजनिक गर्ने दावी गरेका छन् । शनिबार बसेको कार्यदलको बैठकपछि नेताहरुले आइतबार सहमति भएर सार्वजनिक गरिने बताएका थिए ।

कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट संयोजकसमेत रहेका नेता सुवास नेम्वाङले विवाद टुंगिए बराबर भएको प्रतिक्रिया दिएका थिए ।

“काम टुंग्याए बराबर भयो । भोलि बिहान ८ बजे तपाईंहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ,” उनले भनका थिए ।

यस्तै, कार्यदलमा नेता माधवकुमार नेपाल पक्षबाट संयोजक रहेका नेता भीम रावलले आफूहरु सहमतिको अन्तिम विन्दुमा पुगेको बताएका थिए ।

नेपाल पक्षबाट कार्यदल सदस्य रहेका नेता गोकर्ण विष्टले पनि आइतबार सार्थक निष्कर्षमा पुगिने बताए । “आइतबार पार्टी एकताको सन्देश दिन सफल हुनेछौँ । विश्वासको वातावरण बनेको छ । सुखद समाचार आइतबार नै सुन्न पाउनुहुन्छ,” उनको प्रतिक्रिया थियो ।

यस्ता छन्  विवाद मिलाउने ५ बुँदे प्रस्ताव

१ पार्टीलाई विनासर्त २ जेठ ०७४ अघिको सरचनामा लैजाने ।
२. एमालेका ३८ जना र पूर्वमाओवादी समूहका २३ नेतालाई केन्द्रीय कमिटीमा समेट्न विधान संशोधन गर्ने ।
३ असन्तुष्टहरूको हस्ताक्षर र सर्वोच्च अदालतको मुद्दालाई प्रभावित पार्ने आशयको कुनै पनि भाषा प्रयोग नगर्ने, अदालतको फैसला जे आए पनि पार्टीलाई संस्थागत निर्णय र विधिका आधारमा अगाडि बढाउने । (भाषा मिलाउन बाँकी)
४ दुवैतर्फबाट बनेका पार्टी र जनसंगठनका समानान्तर कमिटीहरूको समायोजनका लागि वर्तमान कार्यदलमा आवश्यकताअनुसार संख्या अपघट गर्ने ।
५. सबै काम चरणवद्ध रूपमा अगाडि बढाउन प्रक्रियासहितको कार्यतालिका बनाउने।