यी दुई मन्त्रीले पाए जिम्मेवारी , कसलाई कुन मन्त्रालय ?


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २७ २०७८
13.3K
SHARES

२७ असार काठमाडौ । विनाविभागीय मन्त्री बनेको करिब एक महिनापछि गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाएका छन्।

जनता समाजवादी पार्टीका (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङ्‍गेले मन्त्रालय पाउने भएका छन्।

आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीको जिम्मेवारी पाएका छन् भने मनाङ्‍गेलाई पुरानै मन्त्रालयमा दोहोर्‍याइएको छ।

मनाङ्‍गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिएका छन्।