सर्वोच्चले विघटनको फैसला गरेपछि पार्ट एक हुन्छ – नेता वामदेव


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २७ २०७८
7.9K
SHARES

२७ असार  काठमाडौ । आज नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले संसद विघटनका सम्बन्धमा सुनाउने फैसलापछि एमाले एकीकृत हुने बताएका छन् । पार्टी एकीकृत भएपछि सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्ने उनको भनाइ छ ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै गौतमले भने, ‘आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन । मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुने छ ।’

केही दिनअघि पार्टीको केन्द्रीय समिति बैठकमा आफूले भाग लिएको विषयलाई लिएर एउटा समूहले आफूविरुद्ध दुःख प्रस्ताव पारित गरेको सुनेको उनले बताए । गौतमले भने, ‘अध्यक्षले जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर केन्द्रीय समितिको बैठक बोलाएपछि म सहभागी भएँ ।

म आफू एमालेको जिम्मेवार व्यक्ति हुँ भनेर जनाउका लागि भाग लिएको हुँ । म यो सभामार्फत जानकारी गराउन चाहन्छु कि म कुनै तर्फबाट होइन, एमाले भएको प्रमाण पेस गर्न गएको हो । कतिपयले आफ्नो समूहमा दुःख प्रस्ताव पारित गर्नुभएछ भन्ने सुने । तर मलाई दुःखमनाउ छैन ।’