एमाले कार्यदलको सहमतिमा नेता नेपाल असहमत


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २७ २०७८
5.5K
SHARES

२७ असार काठमाडौं ।आज  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सदस्य सम्मिलित कार्यदलले १० बुँदे सहमति गर्दै पार्टी एकता कायम गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहान ९ बजेदेखि बसेको कार्यदलको बैठकले १३ घण्टापछि १० बुँदे सहमति गरेको हो ।

यस विषयमा वरिष्ठ नेता नेपालले भने असहमति जनाएका छन् । ओलीप्रति विश्वस्त हुन नसकिने बताउँदै आएका नेता नेपालले कार्यदल स्तरमा भएकाे सहमतिप्रति असहमति जनाएका हुन् । सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्न मात्र सहमति गर्न खोजिएको भन्दै उनले असहमति जनाएको हुन सक्ने नेपाल पक्षका एक नेताले बताए ।

ओलीसँग सहमति गरे पनि अदालतको फैसलापछि मात्रै गर्न सकिने नेता नेपालले बताउँदै आएका थिए । यसअघि अपराह्न कार्यदल सदस्य घनश्याम भुसालसँग नेता नेपालले यही विषयलाई लिएर असन्तुष्टी जनाएको खबर सार्वजनिक भएकाे थियाे ।