एकताको सहमतिपछि नेता बास्कोटाले दिए यस्तो प्रतिक्रिया
२८ असार काठमाडौं । आज नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले एमालेले एमाले हौं भन्दा कसरी अदालत प्रभावित पार्न खोजेको हुन्छ ? भन्दै प्रश्न गरेका छन् । आइतबार राति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालपक्षीय नेताहरूबीच गठित कार्यदलले एकताका निम्ति १० बुँदे सहमति गरेपछि एमालेकै नेताहरूले यस विषयमा तर्क वितर्क गरिहेका छन् ।
सोही प्रसंगमा नेता बास्कोटाले यस्तो प्रश्न गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘एमालेले एमाले हौ भन्दा कसरी अदालत प्रभावित पार्न खोजेको हुन्छ ? अचम्म ! कांग्रेसले आफूलाई एमाले भन्ला त ?’