यस्तो निर्णय गर्दै प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रीपरिषद् बैठक सम्पन्न
२९ असार काठमाडौ । आज नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सवै नागरिकलाई खोप उपलव्ध गराउने निर्णय भएको हो ।
बैठकले संसदीय मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ । बैठकले कोरोना लगाएत बिभिन्न प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली दिएको मन्त्री कार्कीले बताए । उनले कोरोना फ्रन्टलाइनमा खटिएकाहरुलाई जोखिम भत्ता एक हप्ताभित्र उपलव्ध गराउने निर्णय भएको जानकारी दिए ।