निवर्तमान प्रधानमन्त्री ओलीले बालुवाटार छाड्दै , युथ फोर्सले ‘स्कर्टिङ’ गरेर बालकोट पुर्‍याउने


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ३० २०७८
8.4K
SHARES

३० असार काठमाडौ । आज निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट जाने भएका छन्। आज बिहान ११ बजे ओलीले सरकारी निवास छाड्ने भएका छन्। प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त भएका थिए।

देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजी निवास बूढानिलकण्ठ गएका थिए। उनी अब केही दिनमा सरकारी निवास बालुवाटार सर्नेछन्।

आज ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पुर्‍याउने तयारी गरेको छ। मंगलबार क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताइएको थियो।

एमालेका युवा संघ ईञ्चार्ज महेश बस्नेतका अनुसार अध्यक्ष ओलीलाई बुधबार बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गर्ने तयारी छ। दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्‍याउने कार्यक्रम रहेको बस्नेतले बताए।