गच्छदार अदालतमा हाजिर


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ३० २०७८
13.5K
SHARES

३० असार काठमाडौ । आज ललिता निवास प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन्।

फरार रहेका उनी आज अदालतमा हाजिर भएका हुन्। अदालतमा उनको बयान हुने छ। त्यसपछि थुनछेक हुनेछ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।