नेपाल गद्दार हुन्, क्षमा दिन सकिंदैन – अध्यक्ष ओली
३१ असार काठमाडौं ।अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् ।
देश विकासका लागि काम गरिरहेको आफ्नो सरकार ढाल्न नेता नेपालले नै अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने बताएका हुन् ।
प्रधानमन्त्रीबाट हटेपछि बुधबार सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफूलाई जालझेल गरेर हटाइएको बताए ।
त्यसको अगुवाइ आफ्नै पार्टीका नेताले गरेको भन्दै उनले माधवकुमार नेपालको नाम लिएर लाजशरम पचेको मान्छे भएको टिप्पणी गरे ।