माधव नेपालहरूलाई लिलामी लायक पनि रहने छैनन् – मुख्यमन्त्री पोखरेल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १ २०७८
4.6K
SHARES

१ साउन काठमाडौ। आज एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मतप्राप्त गरेपछि माधव नेपालहरूलाई लिलामी लायक पनि रहनदिने छैनन् भन्नुभएको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक अगाडि पोखरेलले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो । एमालेको स्थायी कमिटी बैठक आज साउन १ गते ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि महासचिव ईश्वर पोखरेलले बैठक तय गर्नुभएको हो । बैठक अगाडि मुख्यमन्त्री पोखरेलको ट्विटलाई अर्थपूर्ण रूपमा हेरीएको छ ।

मुख्यमन्त्री पोखरेलको ट्विट

केपी ओली सरकारको नेतृत्वमा हुदासम्म माधव कमरेडहरुको केपी विरोधको निकै ठुलो मुल्य थियो । देउवाजी प्रम भएपछि त्यो घट्तै छ । विश्वासको मतप्राप्त गरेपछि लिलामी लायक पनि रहनदिने छैनन् ।