माग सम्बोधन नभएपछि बैठक बहिष्कार गर्यौ – नेता रावल
१ साउन काठमाडौं । आज नेकपा एमालेका नेता भीम रावलले आफूहरूका माग सम्बोधन नभएकाले स्थायी कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेको बताएका छन् ।
आफूहरूले छलफलका लागि बैठक स्थगित गर्न आग्रह गरेको तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले नमानेपछि बैठक बहिष्कार गरेको नेता रावलको भनाइ छ ।
स्थायी कमिटी सदस्यसमेत रहेका कार्यदलका सदस्यहरूले बैठक स्थगित गर्न र शीर्ष तहमा सहमति गरेर मात्रै बैठक सञ्चालन गर्न माग गरेको भएपनि ओलीले बैठक सञ्चालन गरेपछि आफूहरू बैठकमा सहभागी नभएको नेता रावलले बताए ।
ओलीका पछिल्लो अभिव्यक्तिका कारण एकतामा अप्ठ्यारो सिर्जना गरेको भन्दै केही समयपछि बैठक थाती राख्न आग्रह गर्दापनि अध्यक्ष ओलीले बैठक सञ्चालन गरेको उनले बताए ।