यस्तो निष्कर्ष निकाल्दै एमाले स्थायी कमिटि बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १ २०७८
11.1K
SHARES

१ साउन काठमाडौं ।आज  नेकपा एमालेले सर्वोच्च अदालतले संविधानको धारा–उपधाराको अपव्याख्या गरेर मुलुकलाई निर्दलीय व्यवस्थातर्फ अग्रसर गराउने गरी फैसला गरेको निष्कर्ष निकालेको छ ।

आज बसेको संसदीय दलको बैठकले अदालतको फैसलाप्रति आपत्ति जनाउँदै जनताकाबीचमा भण्डाफोर गर्ने निष्कर्ष निकाले सांसद् विशाल भट्टाईले बताए ।

“आजसम्म दुनियाँमा कही पनि अदालतले प्रधानमन्त्री तोक्ने काम गरेको थिएन । सायद भविष्यमा पनि नगर्ला । कम्तिमा संसद् पुनःस्थापना भएको भए पनि संसद् विघटन बेठिक थियो भन्ने पुष्टि हुँदा त्यसलाई हामी सहर्ष रुपमा स्वीकाथ्र्यौं ।

एउटा दलबाट निर्वाचित भएर अर्को दलमा हस्ताक्षर गर्न जाने कुरालाई पनि नैतिक ठहर्याउने प्रवृत्ति दलीय व्यवस्थाको विरुद्धमा छ,” उनले भने ।

त्यसैले शासकीय प्रणाली र शासकीय व्यवस्थामाथि भएको प्रहारलाई जनताकाबीचमा अभियानस्वरुप पुर्याउने भट्टराईले बताए ।