एमालेले देउवालाई विश्वासको मत दिन्छ – सांसद चौधरी


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २ २०७८
4.7K
SHARES

२ असार दाङ। आज नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीले वर्तमान सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने बताएका छन्। नेकपा (एमाले) का माधव समूहले दाङको लमहीमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सांसद चौधरीले आफूहरुकै कारण प्रतिनिधिसभा बचाउन सफल भएको बताए।

उनले वर्तमान सरकारलाई विश्वासको मत दिएर पूरै अवधि चल्न दिने बताए। (एमाले) को माधव समूहका प्रभावशाली नेतासमेत रहेका सांसद चौधरीले एमालेको तर्फबाट सरकारलाई विश्वासको मत दिने सांसदको संख्या ५० जनाको हाराहारीमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन्।

सांसद चौधरीले एमालेभित्र वर्तमान सरकारलाई विश्वासको मतको विषयमा छलफल चलाइरहेको र आफूहरुको पक्षमा सांसदहरु बढ्दै गइरहेको दाबी समेत गरे।

त्यस्तै, सांसद चौधरीले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेपनि अहिलेकै अवस्थामा भने पार्टी एकता सम्भव नरहेको तर्क गरे। माधव नेपाललाई संसदीय दलको नेता र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बाहेकलाई अध्यक्ष मानेर जाँदा मात्रै पार्टी एकता कायम रहने उनको विश्वास छ।