प्रचण्ड र नेपालबीच भेटवार्ता सम्पन्न , यस्तो आयो निष्कर्ष


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २ २०७८
7K
SHARES

२ साउन काठमाडौं। आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

तत्कालीन विपक्षी गठबन्धनको माग अनुरुप नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत जुटाउने विषयमा छलफल भएको थियो।

मन्त्रिपरिषद विस्तार, मन्त्रीको बन्ने नाम, पछिल्लो राजनीतिक घटनाक्रम, एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति र सत्तारुढ गठबन्धनबारे माधव नेपालको धारणा लगायतका विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ।