माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
शनिबार, साउन २ २०७८
8.5K
SHARES
२ साउन काठमाडौँ । अब नेकपा (माओवादी केन्द्र)ले आइतबार संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए ।
बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन गरिएकाे छ । प्रतिनिधि सभाको बैठक बस्नुअघि माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको हो ।
संसदीय दलको बैठकमा पछिल्लो परिस्थितिमा माओवादी केन्द्रले संसदमा खेल्ने भूमिकाका बारेमा निर्णय हुने बताइन्छ । प्रतिनिधिसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट