तालिम प्राप्तलाई फेरी तालिम गरिरहन पर्दैन – अध्यक्ष दिपशिखा


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २ २०७८
19.3K
SHARES

२ साउन काठमाडौ । नेपाल सरकारबाट बाहिरिए लगत्तै युथफोर्स ब्यूताएको नेकपा एमालेले युवाहरुलाई भेला पारेर तालिम दिन थालेको छ । शनिबार भक्तपुरको सुर्यविनायक जंगलस्थित प्रस्तावित राष्ट्रिय प्राणी उद्यान केन्द्रमा केही युवाहरु भेला पारेर ओरियन्टेशन गरिएको युवासंघका अध्यक्ष क्षितिज थेवेले बताए ।

यसै सन्दर्भलाई लिएर माओवादी केन्द्रको जनवर्गिय संगठन यईसियल नेपालका अध्यक्ष राम प्रसाद सापकोटा दिपशिका ले आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन – फोर्स गठनको उदेश्य के हो थाहा भएन । केहिले सोध्नुभयो `अरूले तालिम गरिरहॅदा वाईसियल के गरिरहेको छ’ मेरो हार्दीक कुरा- पहिलो कुरा, हामी अरूले जेजे गरे त्यहि गर्ने पक्षमा छैनौं । तालिमको कुरा गरेको हो भने, तालिमप्राप्तलाई फेरी तालिम गरिरहन पर्दैन !