कुनै निर्णय गर्नुपर्ने आवश्यकता छैन , देउवालाई मत दिन्छौँ – नेपाल समूह


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३ २०७८
4.8K
SHARES

३ साउन काठमाडौं । आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका सांसदहरुले शेरबहादुर देउवालाई मत दिने स्पष्ट पारेका छन् । उनीहरुले यसबारेमा पार्टीले निर्णय गर्नैनपर्ने बताएका छन् ।

सो समूहमा रहेका एकजना सांसद मेटमणि चौधरीले भने, “हामीले प्रधानमन्त्रीलाई मत दिन्छौँ । यसमा कुनै निर्णय गर्नुपर्ने आवश्यकता पर्दैन ।”

जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहमा पुगेका महन्थ ठाकुर पक्षका सांसदले पक्षमा मतदान गरेमा नेपाल समूहमा रहेका कम्तिमा ८ सांसदले मत दिए पनि देउवाको पक्षमा बहुमत पुग्ने अनुमान कांग्रेसले गरेको छ ।

नेपाल समूहका २३ सांसद सर्वोच्च अदालत उपस्थित भएर संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरेका थिए ।

सो समूहका केही सांसदले भने देउवालाई मत दिन नहुने बताउँदै आएका छन् ।