नेपाल समुहको स्थायी कमिटि बैठक चल्दै , यी हुन एजेण्डा


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ६ २०७८
3.5K
SHARES

६ साउन काठमाडौं । अहिले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक चलिरहेको छ । बैठक भर्चुअल माध्यममा चलिरहेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो ।

नेता नेपाल सहित २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी र सांसदहरुको पनि बैठक बस्ने संभावना रहेको एक नेताले बताए ।