२२ सांसदलाई अध्यक्ष ओलीले सोधे स्पष्टीकरण , यस्तो छ पत्र


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ६ २०७८
11.9K
SHARES

६ साउन काठमाडौं । आज नेकपा एमालेले पार्टीको निर्देशनविपरीत शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हितविपरीत विभिन्न गतिविधि गरेको, गुटगत गतिविधि सञ्चालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै स्पष्टीकरण सोधेका हुन् ।