रावललाई भेट्न नेता नेपाल टोखामा


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ६ २०७८
4.2K
SHARES

६ साउन काठमाडौ । एमाले नेता भिम रावल निवास टोखामा पुगेर माधब नेपालले राजीनामाका सम्वन्धमा अझै पनि पुनर्विचार गर्न सुझाव दिएका छन्।

सांसद पदबाट राजीनामा दिएपछि नेपाल पक्षको बैठकमा पनि रावल अनुपस्थित हुने गरेका छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिने बेला साउन ३ गते रावलले सांसद पदबाटै राजीनामा दिएका थिए।

सांसद पदबाट राजीनामा दिएका नेता भीम रावल भने आज माधब नेपाल निकट बैठकमा उपस्थित भ​एनन्।