एमाले केन्द्रिय कमिटि बैठक : यस्तो निष्कर्ष निकाल्दै आजको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ६ २०७८
3.4K
SHARES

६ साउन काठमाडौं । आज एमालको  केन्द्रीय कमिटी बैठकले विभिन्न चारओटा विशेष प्रस्ताव पारित गरेको छ । बैठकले सर्वोच्च अदालतको फैसलालाई पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकालेको छ । बैठकपछि सञ्चारकर्मीलाई बैठकमा भएका छलफलबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले कानुनको अपख्याबाट सरकार बनाइएको बताए ।

बैठकले सर्वोच्चको फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष निकाल्दै त्यसबारे जनतामाझ जाने प्रस्ताव पनि पारित गरेको छ ।  यस्तै बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले घेरबन्दीकाबीच पनि ऐतिहासिक काम गरेको ठहर गरेको छ ।

आगामी दिनमा एमालेले प्रतिपक्षको रूपमा जनताको सरोकारलाई लिएर जनताबीच जाने प्रस्ताव पनि बैठकले पारित गरेको ज्ञवालीले बताए ।

बैठकले पछिल्लो राजनीतिक अवस्थाबाट निराश नहुन सम्पूर्ण कार्यकर्ता तथा सुभचिन्तकलाई आग्रह गरेको छ । आफूहरू फेरि पुरानै ठाउँमा कम्ब्याक हुने बैठकको निष्कर्ष छ । बैठक भोलि बिहीबार दिउँसो ३ बजे फेरि बस्ने छ ।