रावल जी, राजीनामा फिर्ता लिनुस् – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ६ २०७८
5K
SHARES

६ साउन काठमाडौं । आज एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सांसद पदबाट राजीनामा दिएका नेता भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

आज रावल निवास टोखामै पुगेर नेता नेपालले राजीनामा फिर्ता लिन आग्रह गरेको भेटवार्तमा सहभागी एक नेताले जानकारी दिए ।

पहिले केही नभनी राजीनामा फिर्ता लिन आग्रह गर्नुभयो । राजीनामा फिर्ता लिएपछि अरू कुरा गरौँला भन्नुभएको छ, ती नेताले भने ।

केहीदिनअघि नेता रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसद पदबाट राजीनामा दिएका थिए ।