यस कारणले गर्दा सुजिताले आत्महत्या गरेको खुलासा
८ साउन चितवन । चितवन राप्ती नगरपालिका–३ की सुजिता भण्डारीले आफ्नै दाजु नाता पर्ने प्रेमीसँग विवाह गर्न नपाएकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीले आज पत्रकार सम्मेलन गर्दै दाइ नाता पर्ने सचिन भन्ने २३ वर्षीय सुकदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन मुद्धामा नियन्त्रणमा लिएको जनाएको छ ।
परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएपछि भण्डारीलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।
सुजिताले सुकदेवलाई विवाह गर्न दबाब दिएको समेत अनुसन्धानबाट खुलेको छ । विवाह नगरे आत्महत्या गरिदिन्छु भन्दै सुजिताले पटक पटक दबाब दिएको प्रहरीको भनाई छ ।
सुजिता र सुकदेवका बुवा दाजुभाइ हुन् । उनीहरुले पहिले देखि नै परिवारले सचेत गराउदै आएको बताईएको छ ।