संघीयता खारेज गरौँ – नेता मिश्र


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ११ २०७८
6.9K
SHARES

११ साउन काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेज हुनुपर्ने बताएका छन् । साेमबार एक दस्तावेज सार्वजनिक गर्दै मिश्रले स्थानीय निकायलाई सुदृढ बनाउनुपर्ने र संघीयता खारेज गर्नुपर्ने बताएका हुन् ।

“स्थानीय निकायलाई पुनर्संरचना गरेर सुद्दढ गर्नु जरुरी छ । त्यससँगै संघीयता खारेजीमा जानुपर्छु । संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको छ । संघीयता नेपालको अखण्डताका लागि घातक पनि छ,” उनले भनेका छन् । उनले धर्मनिरपेक्षतलाई जनमत संग्रहमार्फत टुङ्गो लगाउनुपर्ने बताएका छन् ।

संघीयताले नेपालका प्रमुख संस्थालाई कमजोर बनाउँदै लगेको उनको दाबी छ । “संघीयता नेपालका प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी भएको छ । धर्मनिरपेक्षतामाथि पनि प्रश्न उठ्न थालेको छ । किन एकजना धर्म निरपेक्षतावादी मानिस त्यसबारे जनमत संग्रहको माग गर्दैछ ?,” उनले प्रश्न गरेका छन् ।