असोजमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १४ २०७८
17.4K
SHARES

१४ साउन काठमाडौ ।नेकपा माओवादी केन्द्र निकट अखिल (क्रन्तिकारी)को राष्ट्रिय सम्मेलन आगामी असोज ८ गतेदेखि १० गतेसम्म हुने भएको छ। उक्त निकट विद्यार्थी संगठनले असोजमा २२औं राष्ट्रिय सम्मेलन गर्ने भएको हो।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन समेत हुने उपाध्यक्ष दिपक देवकोटाले बताए। ‘हामीले विद्यार्थीको राष्ट्रिय सम्मेलन गर्न लागेका छौं । सम्मेलन कहाँ गर्ने भन्ने विषयमा भने तय भइनसकेको उनले बताए।