प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, मन्त्रिमण्डल विस्तारको तयारी
१६ साउन काठमाडौ । आज प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
आज बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट भएको हो । भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।
देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । देउवा तत्काल आफ्नो नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेर पूर्णता दिने प्रयासमा रहेपनि गठबन्धनभित्रका दलहरुको आन्तरिक किचलोका कारण ढिलाइ हुँदै आएको छ ।