सिन्धुपाल्चोकमा फेरि बाढीको वितण्डा : प्रहरी चौकी विस्थापित, रेडियो मेलम्चीको भवन बगायो


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १७ २०७८
9.2K
SHARES

१७ साउन सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्चीमा शनिबारराति फेरि बाढी आएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए।

तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जानकारी उनले बताए। बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ। रातो पुलको माथिबाट पानी बगेको उनले बताए।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको डिएसपी सापकोटाले बताए। चनौटे बजारको बीच भागबाटै पानी बगेको छ। यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो।