लुम्बिनीमा पछिल्लो दुई हप्तामा कोरोना संक्रमण दर बढ्यो


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १८ २०७८
6.6K
SHARES

१८ साउन दाङ । लुम्बिनी प्रदेशमा पछिल्लो दुई हप्तामा कोरोना संक्रमण दर बढेको छ । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायातसहित सबैखाले व्यवसाय सञ्चालनमा आएसँगै कोरोना संक्रमित बिरामी बढेका हुन् ।

बजार र सार्वजनिक यातायातमा यात्रुको भिडभाड बढेको छ । तर, स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ हुँदा संक्रमण दर पनि बढेको चिकित्सकहरू बताउँछन् । संक्रमित हुनेमा व्यवसायी, पेशाकर्मी लगायत कामकाजी उमेर समूहका रहेका छन् ।