झलनाथ खनालको मिर्गौला प्रत्यारोपण , कस्ले दिए ?
२० साउन काठमाडौं । आज नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खनालको आज मिर्गौला प्रत्यारोपण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उनले जनाएका छन् ।
केही समययता भारतको ओपोलो अस्पतालमा मिर्गौला रोग विशेषज्ञ डा. अखिल मिश्रको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार भइरहेको थियो । आज सर्जन सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले पूर्वप्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ,” भट्टराईले फेसबुकमा लेखेका छन् । तर मिर्गौला कस्ले दिएको भनेर खुलाईएको छैन । केही समय अस्पतालमै आराम गरेपछि नेता खनाल स्वदेश फर्कने उनले जानकारी दिएका छन् ।