नेपालमै अब रोबर्टको प्रयोगबाट न्युरो सर्जरी


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २१ २०७८
5.9K
SHARES

२१ साउन काठमाडौं । स्वास्थ्य उपचारका पद्धति र प्रविधिमा नेपालले अगाडि पनि फड्को मारिरहेको छ । यही क्रममा नसा सम्बन्धी जटिल समस्याको उपचारमा अर्को एउटा प्रविधि भित्रिएको छ– क्रानियल रोबर्ट सर्जरी । नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेज प्रा.लि. (केएमसी अस्पताल) ले यो प्रविधिमार्फत् उपचार सेवा सुरु गर्ने भएको हो । क्रानियल रोबर्ट सर्जरी सेवा सुरु गर्ने स्वास्थ्य संस्थामा केएमसी दक्षिण एसियामैै तेस्रो अस्पताल भएको दाबी गरिएको छ ।

के हो क्रानियल रोबर्ट सर्जरी 
क्रानियल रोबर्ट सर्जरी रोबोर्टको सहायतामा नसासम्बन्धी कुनैपनि जटिल समस्याको सुरक्षित र सहज शल्यक्रिया गर्ने प्रविधि हो । यो प्रविधिमा न्युरो सर्जनले निर्देशन दिएअनुरूप रोबर्टले नसामा भएको समस्यालाई थ्री डी इमेजको रूपमा देखाउँछ ।

रोबर्टले नशाको कुन भागमा समस्या छ भन्ने ठ्याक्कै पत्ता लगाउँछ भने सो स्थानमसम्म पाइप तथा शल्यक्रियाका अन्य उपकराणहरू पुर्‍याउन मद्धत गर्छ । यो प्रविधिले शल्यक्रिया अगाडि गरिएका परीक्षण र त्यसमा देखिएका समस्याहरूलाई एकीकृत गरी एकमुस्ट डाटा देखउनसक्छ । यसले शल्यक्रिया गर्दाको समयसम्म व्यक्तिको समस्या कुन अवस्थामा पुगेको छ भनी पहिचान गर्न सहज हुनेछ ।