राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २१ २०७८
4K
SHARES

२१ साउन काठमाडौँ ।आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा अपराह्न छलफल भएको छ ।

राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएका राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उनले बताए ।