भ्रष्टाचार छानबिन लडाकु शिविरबाटै सुरु गरौँ – अध्यक्ष ओली
२५ साउन काठमाडौं । आज नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको छानबिन गर्ने भए लडाकुको शिविरबाटै गर्न सुझाव दिएका छन् ।
उनले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो सुझाव दिएका हुन् ।“क्यान्टोनमेन्टको भ्रष्टाचार, विगतको लुट, निजी सम्पत्ति कब्जालगायतका विषयमा छानबिन गर्नुपर्छ,” उनको भनाई थियो, “वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी कहिले भए ?
संलग्न गठबन्धनकै नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ ? कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र हो ? ” उनले एमालेले देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्ने बताए ।
“एमसीसीको बारेमा किन बोल्न नसकेको ? तपाईंहरुकै पालामा सम्झौता भएको होइन ?,” उनको प्रश्न थियो, “ १६५ को मत विश्वासको मत लिँदा लिएको होइन ? किन पास गर्न नसकेको ? किन हामीलाई दोष दिएको ?”