पार्टी विभाजनका नाइके ओली नै हुन् – नेता मैनाली


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८
6.8K
SHARES

२ भदौ काठमाडौं । आज वरिष्ठ कम्युनिष्ट नेता राधाकृष्ण मैनालीले केपी शर्मा ओलीकै कारण एमाले विभाजनसम्म पुगेको टिप्पणी गरेका छन् ।

हामीसॅंग कुरा गर्दै नेता मैनालीले ओलीकै व्यवहारका कारण एमाले विभाजनसम्म पुगेको टिप्पणी गरेका हुन् । उनले भने,“ओलीकै कारण कम्युनिष्ट एकता भत्कियो । दुई तिहाईको सरकार ढल्यो ।

अदालतले नै प्रधानमन्त्रीबाट निकाल्नुपर्ने स्थिति बन्यो । यो सबै प्रकरणमा नाइके ओली नै हुन् ।” नेता मैनालीले फुटपछि कार्यकर्तामा निरासा छाएको पनि बताए । केही समय उत्तेजनामा आए पनि दीर्घकालीन रुपमा सबैमा निरासा छाउने उनको भनाइ छ ।

माधव नेपालले आफू नभएर युवालाई नेतृत्व दिएको भए सकारात्मक सन्देश जाने नेता मैनालीको बुझाई छ । तर ओली र माधव नेपाल दुवैले ‘तरक्की’ नगरेको उनले बताए ।