अब नेपालमा दुई दलीय व्यवस्था आवश्यक – नेता बस्नेत


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
9.8K
SHARES

४ भदौ काठमाडौं । आज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता महेश बस्नेतले नेपालमा दुई दलीय व्यवस्था आवश्यक रहेको बताएका छन् । रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा नेता बस्नेतले नेपालको राजनीतिमा स–साना पार्टीहरू मिलाएर नेकपा एमाले र नेपाली कांग्रेस मात्र बनाएपछि स्थिरता हुने दाबी गरे ।

“जसरी अमेरिका र बेलायतमा दुई दलीय सिस्टम छ, नेपालमा पनि दुई दलीय व्यवस्था ग¥यो भने राजनीतिक स्थिरता हुन्छ ।

साना दलहरूलाई एकीकरणको माध्यमबाट एमाले र कांग्रेसको रूपमा विकास गर्ने जनचाहना देखिन्छ । राजनीतिक स्थिरमा दुई दलीय व्यवस्था हो । राजनीतिक स्थिरताविना विकास हुँदैन भन्ने जनताको चाहना छ,” उनले भने ।

नेता बस्नेतले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र सभामुख अग्निप्रसाद सापकोटाले गरेको ‘अपराध’ नेपालको इतिहासमा धब्बाको रूपमा रहने बताए ।