पार्टी विभाजनपछि नेता खनालले गरे यस्तो अपिल


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र ५ २०७८
8.2K
SHARES

५ भदौ काठमाडौ । अहिले पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनर्गठनको विकल्प नरहेको भन्दै त्यसैमा लागि पर्न कार्यकर्ताहरुलाई अस्पतालबाटै अपील गरेका छन्। भारतको नयाँदिल्लीमा उपचाररत खनालले सञ्चारकर्मीहरुसँग अनलाइन संवाद गर्दै दक्षिणपन्थी अवसरवादको चपेटामा नेतृत्वले पार्टीलाई पुर्‍याएकाले क्रन्तिकारी विचारसहित पार्टीलाई अघि बढाउन लागि पर्न आग्रह गरे ।

अहिलेको नेतृत्वले नेताहरुलाई एकपछि अर्को कारबाही गर्ने र पूर्वाग्रहीरुपमा हेर्ने गरेको भन्दै खनालले समाजवादलाई लक्ष्य मानेर पार्टी पुनर्गठनको विकल्प नरहेकोले विना हिचकिचाहट अघि बढ्न अपील गरे ।

खनालले माधव नेपालसँगै नयाँ पार्टी निर्माणमा साथ दिएका छन् । हालै मृगौला प्रत्यारोपण गरेका खनालले अब दुई हप्ता पछि नेपाल आउने पनि जानकारी दिए ।