मैले नेपाललाई धोका दिएको छैन – मुख्यमन्त्री शाक्य


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र ५ २०७८
6.4K
SHARES

५ साउन काठमाडौं।आज वाग्मती प्रदेशकी मुख्यमन्त्री एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूलाई अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ रहेको बताएकी छन्।

एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले दुवै नेताको साथ पाएर मुख्यमन्त्री भएको बताएकी हुन्।

शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने समेत बताइन्।

मुख्यमन्त्री शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको बताइन्।

उनले बाहिरबाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि आग्रह समेत गरिन्।
उनले केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास व्यक्त गरिन्।