माओवादी केन्द्र स्थायी कमिटीको बैठक बस्दै , यी हुन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ६ २०७८
8.1K
SHARES

६ भदौ काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्दै छ ।

बैठक बिहान ११ बजे कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी स्थायी कमिटीको बैठक शनिबार पनि बसेको थियो । बैठकमा नेताहरूको कार्यविभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायत सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरिएको थियो ।

आज बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरूको कार्यविभाजन, आउँदो पुस ११–१३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।