माओवादी केन्द्रका यी हुन् ७ प्रदेश इन्चार्ज
६ भदौ काठमाडौ । आज नेकपा माओवादी केन्द्रको स्थायीक कमिटी बैठकले ७ वटै प्रदेशको नेतृत्वको कार्यविभाजन गरेको छ । शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकले कार्यविभाजन टुग्याएको हो ।
आजै सर्कुलर जारी हुने गरी कार्यविभाजन गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । माओवादी केन्द्रले ७ वटै प्रदेश र ७७ वटै जिल्लामा नेतृत्व तोकेको छ । माओवादी केन्द्रका ७ वटै प्रदेशको नेतृत्व यस्तो रहेको छ । प्रदेश नं. २ मा स्थायी कमिटी सदस्य गणेश शाह इन्चार्ज तोकिएका छन् ।
बागमति प्रदेशमा हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् । गण्डकी प्रदेशमा हितराज पाण्डे इन्चार्ज भएका छन् । लुम्बीनी प्रदेशमा चक्रपाणि खनाल , कर्णाली प्रदेशमा शक्ति बस्नेत इन्चार्ज तोकिएका छन् । त्यसै सुदुरपश्चिम प्रदेमा खगराज भट्ट इन्चार्ज तोकिएका छन् । प्रदेश नं. १ मा भने सुरेन्द्र कार्की र सावित्री काफ्ले मध्य कसलाई इन्चार्ज बनाउने टुगीएको छैन ।
माओवादीले कम्युनिष्ट केन्द्र निर्माणको अभियानलाई फेरी निरन्तरता दिने निर्णय पनि गरेको छ । यस अघि थालिएको प्रयासमा एमाले अध्यक्ष केपी ओलीले प्रतिगामी कदम चालेका कारण बीचैमा तुहिएको निचोड निकालेको माओवादीले यसलाई फेरी निरन्तरता दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।