भारतबाट नेता खनालले गरे यस्तो आग्रह


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
6.2K
SHARES

८ भदौ काठमाडौं । अहिले प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले एमालेभित्र अल्झिएर नबस्न पुराना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले नेकपा (एकीकृत समाजवादी)को जारी सम्मेलनमा भारतबाट सम्बोधन गर्दै यस्तो बताएका हुन् ।नेकपा एमालेभित्र एकताको भ्रममा अल्झेर नबसौँ ।

क्रान्तिकारी केन्द्रको रुपमा समाजवादी पार्टीलाई स्थापित गर्नुपर्छ,” उनले भनेका छन्, “केपी ओलीको व्यवहारबाट धेरैजना पीडित भएर बसेका छन् । एमालेभित्र भ्रममा अल्झिएर बसेका साथीहरुलाई सही बाटोमा ल्याउन सकौँ ।”