माओवादी केन्द्रले प्रदेश र जिल्लाका पदाधिकारीहरू टुंग्यायो (हेर्नुहोस् नामावली)


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
12.4K
SHARES

८ भदौ काठमाडौं । अहिले लामो कसरत र विवादका बीच नेकपा (माओवादी) केन्द्रले प्रदेशका इन्चार्ज, अध्यक्ष र जिल्ला पदाधिकारी टुङ्ग्याएको छ ।

केन्द्रीय समिति बैठकबाट नै प्रदेश इन्चार्ज र अध्यक्ष टुङ्ग्याउने आवाज उठे पनि माओवादी केन्द्रले बैठक लम्बिने भन्दै भदौ ५ र ६ गते बसेको स्थायी समितिको बैठकले संगठनात्मक कार्यविभाजन गरेको हो ।

एमालेसँगको पार्टी एकताबाट बनेको तात्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठनात्मक संरचनाकै आधारमा माओवादी केन्द्रले आफ्नो पार्टीको संरचनामा तयार गरेको हो । व्यापक सांगठनीक हेरफेर नभएपनि माओवादीका विगतका कतिपय संरचना भने खाली नै राखेको छ । ती स्थानहरुमा पछि थप्दै जाने माओवादी स्रोतले नागरिक खबरलाई बतायो ।

माओवादी केन्द्रले आफ्नो सांगठनीक कार्य सकेपछि अध्यक्ष प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र चितवन गएका छन् । सांगठनीक कार्य पछि माओवादी केन्द्रले सरकारमा पठाउने पार्टीका नेताहरुका बारेमा छलफल थाल्ने जनाएको छ ।

हेर्नुहोस् कुन नेताले के जिम्मा पाए ?