वाइसिएलको राष्ट्रिय भेला : अध्यक्षमा दुई दाबेदार , कसले मार्लान बाजी ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
12.4K
SHARES

१० भदौ काठमाडौं ।अहिले माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्दै छ । भदौ १२ र १३ गते हुने भेलाले वाइसिएलको नयाँ नेतृत्व चयन गर्ने छ ।

अहिलेका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई पार्टीले वाइसिएलको र युवा विशेष जिल्ला समितिको इञ्चार्जको जिम्मेवारी दिएकाले उनीबाहेकले अब वाइसिएलको नेतृत्व गर्नेछन् । हालसम्म अध्यक्ष चार जना दाबेदार छन् । वाइसिएलका वर्तमान उपाध्यक्षहरु सुमन देवकोटा (अब्दुल), यशोदा न्यौपाने र सुरज सिंह तथा महासचिव सुवोध सेर्पाली अध्यक्षका दाबेदार हुन् । यी चारमध्ये पनि चितवनका सुमन र रुकुम पूर्वका सुवोध बलियो दाबेदारको रुपमा देखिएका छन् ।

 

काठमाडौंमा भेला उदघाटन गर्ने हल टुंगो लाग्न भने बाँकी छ । तर मुख्य होस्ट काठमाडौंमा हुनेछ । काठमाडौंको एक हलमा प्रमुख अतिथि एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित बागमती प्रदेश, केन्द्रीय कार्यालयका प्रतिनिधि गरी करिब एक सय जना भौतिक रुपमा उपस्थित हुनेछन् । त्यहींबाट अध्यक्ष प्रचण्डले भेला उदघाटन गर्नेछन् ।

यो दृष्य सातवटै प्रदेशमा रहेका प्रतिनिधिहरुले प्रत्यक्ष हेर्न र आफ्ना धारणा राख्न पाउने छन् । सातवटै प्रदेशका गतिविधिहरु पनि काठमाडौंमा देखिन्छ ।

भेलाबारे जानकारी दिन बिहीबार दिउँसो एक बजे पेरिसडाँडास्थित कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताए ।