राजतन्त्र ढाल्दैन भन्नेहरु पार्टी चल्दैन भन्दैछन् रे – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८
6.4K
SHARES

११ भदौ काठमाडौं ।अहिले  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु अहिले नयाँ पार्टी चल्दैन भनिरहेको बताएका छन् ।

“यस्ता चुनौती पटक पटक सामना गरेका छौँ । बाधा अवरोध पन्छाएका छौँ । अहिले पनि त्यस्तै छ,” उनले भने, “नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेले नयाँ पार्टीले चल्दैन भन्दैछन् । केशरजंग रायमाझीले दक्षिपन्थी बाटो समात्नुभयो ।

त्यसबेला विद्रोह गरे केही गर्न सकिन्न भन्नेहरु थिए । केही त्यसैमा विलिन भए । पुष्पलालजस्ता व्यक्तिले विद्रोह गरेर पार्टी गठन गर्नुभयो । नेतृत्व गर्नुभयो । पुष्पलालले विद्रोह गरेको पार्टीमा हामीहरु धेरै रहेका थियौँ ।