अध्यक्ष ओलीले आफुलाई गान्धी र मण्डेलासँग गरे तुलना
१२ भदौ काठमाडौं।अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अफ्नो तुलना महात्मा गान्धी र नेलशन मण्डेलासँग गरेका छन्। हिजो ओलीले ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तरर्वार्ता दिँदै आफूलाई महात्मा गान्धी र नेलशन मण्डेलासँग तुलना गरेका हुन्।
ओलीले आफ्नो प्रशंसा देखेर माधव नेपालको छातीमा आगो बलेको भन्दै उनले ‘बा’ भन्ने गरिएकोमा गर्व महसुस गरे। आफूलाई जनताले मन पराएका कारण इष्र्याले नजल्न ओलीले आग्रह गरे।
‘महात्मा गान्धीलाई बाप्पु नै भनिन्थ्यो। बाप्पु भनेको अर्थ पिताजी। होची मिन्हलाई अंकल हो। काका नै भन्थे सबैले। नेलशन मण्डेलालाई पिताजी भन्थे।’
ओलीले भने, ‘कसले गरेको कामलाई जनताले मन पराउँछ, प्यार गर्छ त्योसँग इष्र्या गरिरहनुपर्ने आवश्यकता छैन। मैले पैसा बाँडेर ‘बा भन्दिेउ, बा भन्देउ’ भनेको त छैन। मैले बा भन्ने शब्द किनेको त होइन। मैले डण्डा लगाएर बा भन कि बा भनेर कसैलाई बाध्य पारेको त होइन।’
ओलीले आफूलाई समर्थकले आस्थाले ‘बा’ भनको चर्चा गर्दै भने, ‘त्यसमा कसैको टाउको जल्नुपर्ने, मन जल्नुपर्ने राँको बालेर दमकल बोलाउनुपर्ने पुरै आगलागी हुनुपर्ने छातीमा ? बारुण यन्त्रै बोलाउनुपर्ने किन ? त्यसैले पार्टी फुट्छ?’
माधव नेपाल र वामदेव गौतमको कसैले प्रशंसा नगरेपछि इष्र्या भएको टिप्पणी गरे। कसैले पनि आफूले आफूलाई खराब भनोस् भन्ने नचाहने र त्यो आफूले पनि नचाहने ओलीले बताए।
माधव नेपालमा स्वार्थ, अहंकार र म भन्ने भावना रहेको ओलीले आरोप समेत लगाए। ओलीले दक्षिणपन्थीसँग मिलेर वामपन्थी सरकार ढालेको भन्दै उनले घरमा आगो लगाएर प्रतिक्रियावादीका अगाडि मुठ्ठीमा खरानी लिएर उभिएको टिप्पणी गरे।