नेपालको पार्टी स्यालको सिङ जस्तै – नेता थापा


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
6.3K
SHARES

१७ भदौ काठमाडौं । आज एमालेका नेता सूर्य थापाले पार्टी विभाजनको समपूर्ण दोष माधवकुमार नेपालमाथि थुपारेका छन । थापाले सामाजिक सञ्जाल मार्फत आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गर्दै माधवकुमार नेपालको पार्टी स्यालको सिंग जस्तै हराउने दाबी गरेका छन ।

थापाको स्टाटसमा लेखिएको छ, ‘प्रायः आम निर्वाचन अघि भारत र अमेरिकाका सत्तासीनहरू युद्धको भीषण तयारी गर्छन्। अनि कहिले पाकिस्तान त कहिले गद्दाफी, सद्दाम र लादेन खोज्दै कृत्रिम योजनामा धावा बोलेर चुनाव जित्ने गर्छन्, केही दशकयता यो क्रम देखिंदै आएको छ ! नेपालमा भने चुनावको मुखमा एमाले फुटाउने, टुक्र्याउने र चोइट्याउने गर्दै आएको देख्न पाइन्छ ।’

पार्टी फुटाउने कार्यलाई अपराधको संज्ञा दिंदै अपराधीहरुको फेहरिस्त पनि नेता थापाको स्टाटसमा देख्न पाइन्छ, ‘बहुमतको सरकार बनाउने संभावनाकाबीच २०५६ मा वामदेवले, २०६९ मा अशोक राई–राजेन्द्र श्रेष्ठले र २०७८ मा माधव कु. नेपालले यो अपराधपूर्ण कार्य गरेका छन्।

नेता थापाले पार्टी विभाजनपछिका अवस्थाका बारेमा चर्चा गर्दै नेताहरुको अवस्थाका बारेमा कटाक्षपूर्ण टिप्पणी गरेका छन, ‘पार्टी फुटाएर हिंडेका वामदेवको प्रधानमन्त्री हुने संभावना सधैंका लागि सकियो र जति छटपटिए पनि पछि अर्थै भएन। अशोक– श्रेष्ठ त मधेसी पार्टीमा पुगेरअंगिकृत नागरिकजस्तो हुन पुगे। अब देख्न बाँकी माधव कु. नेपालको हरिबिजोग मात्रै रहेको छ। उनको पार्टी नेपाली राजनीतिमा पन्ध्र महिनापछि नै स्यालको सिङजस्तै हराउने निश्चित छ।किनकि, जनताले एमालेलाई सत्ताबाट हटाउन गरेका अपराधहरू नजिकबाट हेरेका छन् र दण्ड दिन मात्रै पर्खिरहेछन् !